गोरखा समाचारदाता
काठमाण्डौँ – राजिनामा दिएका मन्त्रि गोकुल बास्कोटालाई अख्तियारले निगरानीमा राखेको छ ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन लिने सहितको कुराकानी सार्वजनिक भएका पछि उनले बिहीबार राजीनामा दिए पछि अख्तियारले निगरानीमा राखेको हो ।
यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने भन्दै बास्कोटाको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिइसकेको छ । साथै सम्बन्धित निकायसँग सम्पूर्ण विवरण मागेको छ ।
प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडिओ बुधबार सार्वजनिक भएको थियो ।




















