गोरखा समाचारदाता
पोखरा – पोखराको फुलबारीमा स्कुटर दुर्घटना हुदा १ जना पुरुषको ज्यान गएको छ ।
पोखरा महानगरपालिका ११ को फुलबारीमा भएको दुर्घटनामा परी स्कुटर चालक राजकुमार राईको ज्यान गएको हो ।
शुक्रबार बिहान ७ बजेको समयमा फुलबारी क्षेत्रमा ग.१६ प ५५२२ नम्बरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदा भोजपुर जिल्ला रामप्रसाद गाउँपालिका ८ बार्षिखोडा घर भई पोखरा महानगरपालिका ११ रानीपौवा बस्ने काईला राई भन्ने राजकुमार राईको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।
२९ बर्षिय राईलाई दुर्घटना लगत्तै पश्चिम क्षेत्रिय अस्पतालमा उपचार लगिएको भएता पनि चिकित्सकहरुले उनलाई मृक्त घोषित गरेका थिए ।




















