गोरखा समाचारदाता
नवलपुर – नवलपुरको गैडाकोटमा रहेको एक ग्यास कम्पनी भित्र बृद्व पुरुषको मृत्त शरिर फेला परेको छ ।
गैडाकोट नगरपालिका २ को शिल्यान्यास चोकमा रहेको लुम्बिनी ग्यास कम्पनी भित्र बृद्व मानिसको मृत्त शरिर फेला परेको हो ।
जिल्लाको रजहर झाक्रे निवासी ७६ बर्षिय रणबहादुर शाहको कम्पनी भित्रको पुरानो भवनमा खाटमा सुति रहेको अवस्थमा मृत्त शरिर फेला परेको गैडाकोट प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार दिउसो १२ः४५ बजे मृत्त भेटिएका शाहको मृत्युको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।




















