गोरखा समाचारदाता
लमजुङ – लमजुङको पाखुरीचोक मा कार र मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार १ जना महिला घाईते भएकी छिन ।
मध्यनेपाल नगरपालिका ६ को पोखरीचोकमा भएको घटनामा परी सिजामायाँ बसौला घाईते भएकी हुन ।
पाखुरीचोक बाट रामबजार तर्फ जादै गरेको ग. १ च ४२५२ नम्रबको कारले बिपरीत दिशाबाट आएको ग. ६ प २४१० नम्बरको मोटरसाईकल एक आपसमा ठक्करखादा मोटरसाईकलमा सवार बसौला घाईते भएकी हुन ।
घाईते बसौलालाई सामान्य उपचार पछि थप उपचारको लागि तनहुँको दमौली पठाइएको लमजुङ प्रहरीले जानकारी दिएको छ । घाईते हुने महिला तनहुँ जिल्ला ब्यास नगरपालिका १० बैरेनीकी हुन ।




















