गोरखा समाचारदाता
दोलखा – दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका ९ मा शिवरात्रीको लागि सहयोग उठाई रहेका बालकलाई बसले ठक्करदिदा ज्यान गएको छ ।
शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका स्थानीय पुजन थामीलाई बसले ठक्कर दिदा उनको घटना स्थलमा नै ज्यान गएको हो ।
अरनिको यातायातको बा. ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको दोलखा प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
थामीलाई बसको पछाडिको चक्काले च्यापेको प्रत्यक्ष दर्शीहरुले बताए ।




















