गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कसैको पनि मुख नहेरी कारवाही गरीने बताए ।
काठमाण्डौंमा आज भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पदमा पुर्याउनुको अर्थ लुट्न छुट दिन नभएको भन्दै आफूले भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गर्ने बताए । भन्नका लागि मात्र शून्य सहनशीलता होइन भ्रष्टाचारलाई कारवाही गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन् – तेरो पद धरापमा पर्ला नि भनेर, तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’ प्रधानमन्त्री ओलीले भने ।


