गोरखा समाचारदाता
काठमाण्डौं – सञ्चारमन्त्री तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएको छ ।
मन्त्री बाँस्कोटाले आज (विहीबार) प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको उनको आधिकारिक फेसबुक पेज तथा ट्वीटर हाण्डल मार्फत् जानकारी दिएको हो ।
‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’ बाँस्कोटाको आधिकारिक फेसबुक तथा ट्वीटर हाण्डलमा उल्लेख गरेको छ ।


