×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

  •  
  • बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सिबी अधिकारी

    काठमाडौँ – नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ । यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो ।

    साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम सञ्चालन गरिरहेको त्यो दृश्यले विमानस्थलमा उपस्थित सबैको ध्यान खिच्यो । सेलीब्रेटी रोबोटसँग फोटो र सेल्फी खिच्नेको भिडै लाग्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि दुई रोबोट पर्यटन परीसँग तस्बिर लिन अघि सर्नुभयो । उक्त क्षणको त्यहाँ उपस्थित फोटो पत्रकारले तस्बिर कैद गर्ने होडबाजी चल्यो ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृश्य अलिक फरक थियो । पर्यटन परी नाम दिइएका दुई रोबोटले विमानस्थलमा आउने पाहुनालाई स्वागत गर्न तम्तयार देखिन्थे । त्यतिमात्रै हैन रोबोटले कार्यक्रम सञ्चालन गरेको दृश्य झनै रोचक बन्यो ।

    विदेशी पर्यटक तथा स्वदेशी जो कोहीलाई विमानस्थलको आवश्यक सेवा र नेपालको पर्यटकीय गन्तव्यबारे भरपुर जानकारी दिन रोबोटले भूमिका निर्वाह गर्नेछन् । पर्यटनमन्त्री भट्टराईले आज एक कार्यक्रमबीच विमानस्थलमा दुई रोबोटको सेवा शुभारम्भ गर्नुभयो ।

    पाइला टेक्नोलोजी प्रालिले दुई रोबोट निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुरु गरेको हो । नेपालकै प्राविधिक र प्राविधिक जनशक्तिबाट तयार गरिएको रोबोटले विमानस्थलको सेवालाई स्तरीय पार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पुग्ने देखिन्छ ।

    अन्य विकसित मुलुकको तुलनामा नेपालको प्रविधिले फड्को मारेको सन्देश विश्वलाई प्रवाह गर्न यो सेवाले सहयोग पुग्ने नेपाल भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेल बताउनुहुन्छ । उहाँले नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने तथा सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्दै नेपाल प्रविधिलाई जोड दिन चाहन्छ भन्ने सन्देश दिन सहयोगसिद्ध हुने उल्लेख गर्नुभयो ।

    पाइला टेक्नोलोजीका संस्थापक कार्यकारी निर्देशक आयुश कँसजुले विमानस्थलमा पुग्ने पर्यटक तथा सर्वसाधारणलाई आवश्यक पर्यटकीय सूचनासाथै विमानस्थलका विविध सेवाको जानकारी उपलब्ध गराउने उद्देश्यले रोबोट स्थापना गरिएको बताउनुभयो ।

    भ्रमण वर्षका सन्दर्भमा नेपालका कुनै पर्यटकीय गन्तव्य, पदयात्रा लगायतको सेवाको जानकारी रोबोटले दिनेछ । मानिसको सहायता लिनुपर्दैन । साथै विमानस्थलमा यात्रुले ब्यागेज काउण्टर, बैंक, सूचना केन्द्र, शौचालय आदि विषयमा जानकारी दिनेछ । नेपालमै पहिलो पटक प्रविधिको प्रयोग गरी जडान गरिएको यो रोबोटले अगाडि आउने र पछाडि जाने गतिविधि गर्छ । विमानस्थलले उपलब्ध गराएको जानकारी र तथ्याङ्कका आधारमा यसले सेवा दिन्छ । पर्यटक शुरुमा विमानस्थल पुग्दा रोबोटको सेन्सरका आधारमा नमस्कार गर्छ । दुवै हात जोडेरै नमस्कार गर्छ ।

    सेवा क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले पाइला कम्पनीले सन् २०१७ देखि बैंकिङ तथा रेस्टुराँ क्षेत्रबाट शुरु गरिएको उहाँले उल्लेख गर्नुभयो । कम्पनीले पहिलो पटक नेपाल एसबिआइ बैंकमा रोबोट सेवा दिएको थियो । दरबारमार्गस्थित नौलो रेस्टुराँमा रोबोटले सेवा दिन्छ । सन् २०१८ देखि यहाँ रोबोट सेवा शुरु गरिएको थियो ।

    पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रयासमा विमानस्थलमा रोबोट सेवा शुरु गरिएको हो । दुवै रोबोटको लागत करिब रु २० लाख रहेको बताइएको छ । विमानस्थलको आगमन र प्रस्थान कक्षमा सो रोबोट राखिनेछ ।

    रोबोटले नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा कुरा गर्नसक्ने र विमानस्थलमा अलमलमा परेका यात्रु तथा सेवाग्राहीलाई सेवा दिनेछ । यो रोबोटसँग दोहोरो संवाद गर्न सकिन्छ । सेन्सरका आधारमा व्यक्तिलाई पहिचान गर्ने र डिजिटल प्रविधिका आधारमा कुनै व्यक्तिले सोध्न वा जान्न चाहेको विषयवस्तुको जानकारी दिनेछ ।

    नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विमानस्थलमा अध्यागमन विभागबाट विकास गरिएको नेपालको ‘पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक पूर्वाधारसहितको अत्याधुनिक अध्यागमन सेवाले विमानस्थलको आधुनिक प्रणालीको सुधारलाई झल्काउँछ । उक्त सेवाको गत माघ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

    अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिकका रुपमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । यसले विमानस्थलको स्वरुपलाई नयाँपन दिएको छ । विमानस्थलको सेवालाई आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने काम निरन्तर भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो ।

    पर्यटनमन्त्री भट्टराईले विमानस्थलको सेवालाई आधुनिक र विश्वस्तरीय बनाउन क्रमशः सेवा विस्तारका क्रममा रोबोट सेवा एक महत्वपूर्ण प्रयोग भएको उल्लेख गर्नुभयो । “अन्तर्राष्ट्रिय विमानस्थल अझै आधुनिक र प्रविधियुक्त हुँदैछ । यात्रुलाई प्रदान गर्ने सेवा र सुविधाको हिसाबले सहयोग बढ्दै गएको छ त्यसको पछिल्लो उदाहरण रोबोट सेवा शुभारम्भ हो”, उहाँले भन्नुभयो । अहिले परीक्षणका रुपमा शुरु गरिएको यो सेवालाई उपयुक्त ठानिएमा अन्य विमानस्थलमा स्थापित गरिने उहाँको भनाइ थियो ।

    रोबोटले विमानस्थलको सेवालाई थप स्तरीय बनाएको छ । विमानस्थलको अध्यागमन सेवाको अत्याधुनिक प्रविधिको प्रयोग तथा सरसफाइ र सेवासुविधालाई बढाउँदै लैजाने मन्त्री भट्टराईको भनाइ थियो ।

    उहाँले अझै स्थानको अभाव र कतिपय प्राविधिक समस्याका कारण विमानस्थलले प्रभावकारी सुविधा दिन नसकेको भन्दै छिट्टै सञ्चालनमा आउने गरी निर्माण भइरहेका विमानस्थलको सेवालाई चुस्त र दुरुस्त पारिने उल्लेख गर्नुभयो । रोबोटले कसरी काम गर्छ भनेर डेमो प्रदर्शनीसमेत गरिएको थियो ।

    रासस

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.