सिडनी – अस्ट्रेलियाको वाललनमा ट्रेन पल्टिँदा २ जनाको ज्यान गएको भिक्टोरिया प्रहरीले पुष्टि गरेको छ ।
बिहीबार १६० यात्रु बोकेको एक्सपिटी ट्रेन वाललन नजिकै ट्र्याक बाहिर जाँदा दुर्घटनामा परेको हो। उद्दार गर्न तीन हेलिकप्टर र दमकलहरू पनि प्रयोग गरेको समाचार संस्थाहरुले बताएका छन् ।
दुर्घटनापछि मेलबर्न र सिड्नीबीचको ट्रयाक बन्द गरिएको छ। घाइतेको विस्तृत विवरण आइसकेको छैन ।
एजेन्सी


