गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरुद्व गरेको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सञ्चारमन्त्री बास्कोटाको कमिसनबारे अडियो सार्वजनिक भएको थियो ।
राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ ।
लगतै कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक फागुन १५ गते बस्नेछ ।




















