गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको भाउ काशिन थालेको छ । दैनिक सुनको भाउले नेपाली बजारमा किर्तिमान राख्ने काम गरी रहेको छ ।
बिहीबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ६०० पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ । यो नेपाली सुन चाँदी बजारको ईतिहासमा नै उच्च भाउ हो । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण पनि सुनको भाउ बृद्वी भएको संघले जनाएको छ । कोरोना भाइरसका कारण अन्य लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा भाउ बढेको अनुमान गरीएको छ।




















