गोरखा समाचारदाता
काठमाण्डौं – सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले घुस मागेको विवादास्पद अडियो सार्वजनिक भए लगत्तै नेपाली काँग्रेसले मन्त्रीको बर्खास्तीको माग गरेको छ ।
नेपाली काङ्ग्रेसले प्रेस विज्ञप्ति निकाल्दै सञ्चार मन्त्री बास्कोटालाई पदबाट बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान गर्न सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।
मेशिन खरीदमा ७० करोड रुपैयाँ कमिसन मागेको सञ्चार मन्त्रीको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काङ्ग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।



