गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाईरसका कारण ईरानमा पनि २ जनाको ज्यान गएको छ ।
बुधबार अलजजिरा समाचारले समाचार प्रशारण गर्दै तेहरानमा कोरोना भाईरसका कारण २ जनाको ज्यान गएको जनाएको हो ।
इरानमा कोरोना भाईसरका कारण ज्यान गुमाएको यो नै पहिलो घटना हो । कोरोनाकै कारण चीन भन्दा बाहिर फिलिपिन्स, हङकङ, जापन र फ्रान्समा पनि केही मानिसको ज्यान गई सकेको छ ।
कोरोना भाईसरका कारण चीनमा मात्रै २ हजार २९ ले ज्यान गुमाई सके भने ७५ हजार भन्दा बढी मानिस यो रोगको सङ्क्रमीत भेटीएको छ ।




















