गोरखा समाचारदाता
गोरखा – शहिद लखन गाउँपालिकाका १ युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा १ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
शहिद लखन गाउँपालिका ८ बस्ने १८ बर्षिय प्रकाश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
परियारले १४ बर्षिया १ बालिकालाई बिहे गर्ने बहानामा गएको माघ २९ गते देखी फागुन ६ गते सम्म पटक पटक बलात्कार गरेका थिए ।
लिकाको परिवारले दिएको उजुरीको आधारमा प्रकाश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
पक्राउ परेका प्रकाशलाई जवरजस्ती करणी अभियोगमा गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।


