गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको भाउ ७७ हजार १०० प्रति तोला पुगको छ । यो नेपाली बजारको अहिले सम्मको सबै भन्दा उच्च मुल्य हो ।
मङ्गलबार नेपाली बजारमा सुनको भाउ प्रति तोला ४०० रुपैयाँले बढेर ७७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घले नेपाली बजारमा सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरीएको छ । नेपाली बजारमा सुनको भाउ उच्च हुदै जानु चीनको कोरोना भाईरस पनि कारक तत्व भएको महासंघले जनाएको छ ।
बर्षकै सबै भन्दो बढी सुनको कारोवार हुने फागुन महिनामा एक दिनमा ५० किलो सम्म बजारमा माग हुने भएता पनि अहिले भने एक दिनमा बढीमा १० देखि १५ किलो मात्र सुन माग भएको महासंघले जानकारी दिएको छ ।



