गोरखा समाचारदाता
नवलपुर – नवलपुरको भित्री सडक खण्डमा मोटरसाईकल र स्कुटर एक आपसमा ठोकिदा स्कुटर चालक घाईते भएकी छिन ।
जिल्लाको मध्यविन्दु नगरपालिका ७ को भित्री सडकमा मोटरसाईकल र स्कुटर एक आपसमा ठोकिदा स्कुटर चालक चाईते भएकी हुन ।
सडकको भित्री खण्डबाट उत्तर तर्फ जादै गरेको लु. ४७ प २९४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउदै गरेको लु.११ प २६०५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मध्यविन्दु नगरपालिका १३ की स्कुटर चालक ३० बर्षिया विण्णु सारु घाईते भएकी कावासोती प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी सारु गंभिर घाईते भएकी छिन । घाईते सारुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा सघन उपचार कक्षमा राखी उपचार भई रहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


