×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बस कर्मचारीको दुर्व्यवहार सहदै गोरखाको यात्रा

  •  
  • मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शैलेन्द्र थापा

    यसपाली फेरी गृह जिल्ला जाने अवसर जुर्‍यो¸ यात्रा थियो माघ तेश्रो साता । नयाँ बसपार्क पुगेर अघिल्लो दिन नै भोलिपल्ट गोरखा जाने गाडीको विषयमा वुझेको थिएँ । काउन्टरमा बस्नेले भोलि बिहान ६ः३० वजे आउन सुझाए र त्यति नै खेर टिकट काट्न भने । सोही अनुसार भोलिपल्ट विहान करिव ६ः३० वजे काउन्टर पुगेको म अलि अलमल भएँ किनकी त्यहाँ गोरखाको टिकट पाईने २ वटा काउन्टर छन् । गोरखा यातायात¸ पृथ्वी राजमार्ग यातायात¸ दरौंदी यातायात प्रा।लि। आदि छन् जस्तो लाग्छ ।

    अघिल्लो दिनमा सोधेको काउन्टरमा बस १०ः३० वजे जाने बताईयो सँगैको अर्को काउन्टरमा सोधे ६ः४५ को टिकट रहेछ । हिँजो त ६ः३० नै भन्‍नु भएको थियो नि भनेर सोधेँ त्यस वेला काउन्टरमा अघिल्लो दिनको व्यक्ति थिएनन् । जव सोधेँ काउन्टर वाला चिढिन थाले ६ः३० कै गाडी खोजेर जानुस् न त । मानौं उनि यसरी झोक्‍किए कि म बबुरो यात्रुको उनलाई प्रश्न सोध्ने कुनै हैसियत छैन उनि असाध्यै ठुला छन् ता कि सवाल जवाफ गर्न पाईदैन । मलाई थाहा छ गोरखा काठमाण्डौं चल्ने केही मिनि बस कति कष्टकर छन् भनेर त्यसैले पनि बस कस्तो पर्छ राम्रोरनराम्रो भनेर सोध्ने मनसाय थियो तर समय सोध्दा त त्यस्तो व्यवहार भएपछि बाँकी जिज्ञासा राखिन ।

    म सहित तीन जनाको टिकट काट्नु पर्ने थियो । साथमा हामी तीनै जनाको जम्मा तीन वटा साना झोला र प्रत्येक कार्टुनमा १०/१० किलो गरेर दुई कार्टुन स्याउ थियो । तै पनि सजिलो होस् भनेर चार वटा सिट बुक गरेँ ताकी एक सिट खालिमा तीन वटा झोला राखौं भनेर । जुन नगरेको भए पनि बसको डिक्‍की वा छतमै पनि झोला राखे हुने थियो । नम्र हुँदै टिकट दिन भने¸ काउन्टर वालाले देखिस् आखिर मैले नै टिकट दिनु पर्‍यो को शैलिमा टिकट थमाए । लगभग समयमानै बस गुड्यो । बालाजुमा केही समय रोकिएर अघि बढेको बसमा पछाडीका करिव १० सिट खालि नै थिए । म सहित तीन जना सिटमा बस्यौं ।अघिनै भनें एक सिट बढिनै गरि ४ सिटको टिकट लिएको थिए । बाँकी एक सिटमा झ्याल तर्फ पर्ने गरी तीन वटा साना झोला राखे अनि स्याउको दुई वटा साना कार्टुन चाँही सिट सँगैंको प्यासेजमा थिए ।

    करिव गजुरी कटेपछि सह-चालक टिकट चेक गर्दै आए¸ टिकट देखाएं । चार जनामा एक जना खोईत ? उनले सोधे । मैले भनें एक सिट चाँही झोला राख्‍नको लागि बुक गरेको । कार्टुन तिर आँखा लगाउँदैं उनले भने यो कार्टुनको भाडा लाग्छ है । यति भन्दै उनि म भन्दा पछाडी टिकट चेक गर्न थाले मैले उनले भनेको कुरा नसुने जस्तो गरे । करिव १० मिनेट पछि उनि पुनः फर्केर म तिर आए र भने यो कार्टुनको भाडा दिनुस् । मैले नरम हुँदै भने ए साथी तीन जनाको लागि चार सिट बुक गरेर झोला त सिटमै राखेको छु उनि यो दुई वटा कार्टुनमा गरेर जम्मा २० किलो स्याउ छ यसको पनि भाडा लाग्छ ? अव उनको दुर्व्यवहार शुरु भयो । भाडा लागि हाल्छनी कस्तो कुरा गर्नु हुन्छ ? खुरुक्‍क भाडा दिनुस् न उनले झोक्‍किदैं भने । कति दिउँ चाँही मैले सोधिन किनकी उनि बेप्रसँग भाडामाग्दैछन् । मैले फेरी प्रतिवाद गरें ए भाई (उमेरेले उनि म भन्दा कान्छो भएकोले) तिमी के भन्दै छौ हो ? यति साना कार्टुनको भाडा कसरी लाग्छ ? विगत् २५ वर्षदेखी म गोरखा–काठमाण्डौं¸ काठमाण्डौं–गोरखा यात्रा गरिरहेको छु । अनावश्यक डिमान्ड नगर है । यति भन्दा उनको दुर्व्यवहार अझै रोकिएन । खुरुक्‍क भाडा दिनस् न सक्‍किहाल्यो नि¸ उनि भाडामै कुरा जोड्दैछन् । मैले पनि भने अरे यार यस्ता कार्टुन मात्र होईन थुप्रै चामलका बोरा गाउँबाट शहर ल्याएको छु खोई कहिल्यै भाडा तिरिएन । सामान मात्रै पठाएको होईननी¸ मान्छेसँगै हुँदा के को भाडा ? अंझ मैले ति सह(चालक कतै गोरखा बाहिरका हुन् यहाँ नयाँ भएर नजानेका हुन् की भनेर सोधे¸भाई घर कहाँ हो ? उनले गोरखानै वताए । तव छक्‍क परें कस्तो बसमा यात्रा गरिएछ । उनले फेरी दोहोर्‍याए कसरी भाडा दिनु हुन्‍न हेरौंला । धम्की मिश्रीत उनको आवाज आएपछि मैले पनि अलि चर्केर जवाफ दिएं यो कार्टुनको भाडा कसरी लिन्छौ म पनि हेरौंला ।

    यति भन्दा अन्य यात्रुहरुले पनि अनावश्यक भाडा उठाउन खोजेको भन्दै उनलाई हकारे । त्यसपछि बल्ल उनि अलि चुप भए । म भने जे सुकै भएपनि कार्टुनको भाडा दिने पक्षमा थिईन किनकी त्यो कुनै थप भाडा लाग्ने सामान नै थिएन । सायद गजुरीबाट नै चढेका एक दृष्टि विहिन र अर्का एक गरी दुई पुरुष माथी अव ति सह–चालकको दुर्व्यवहार शुरु भयो । ति दृष्टि विहिन भन्दै थिए जम्मा पाँच सय रुपैंया छ गोरखा पुग्नको लागि तर सह–चालकले ६ सय रुपैंया चाहिने वताए । त्यसपछी दृष्टिविहिनका अर्का साथीले दुई हात जोड्‍दै भने बावु गरिब छु¸ यहाँभन्दा एक रुपैंया पैसा छैन¸ त्यही माथी अर्को साथी दृष्टिविहिन छ¸ थोरै घटाई दिनुस् । यति भन्दा उनले झन्डै ति दुवैलाई बसबाट ओराल्न खोजे जस्तो गरे । ति व्यक्तिले पटक–पटक हात जोडेर विन्ती गरे यो दृष्टी विहिनको लागि थोरै भाडा घटाईदिनुस् ।

    पटक–पटकको विन्ती र अन्य यात्रुले पनि साथ दिए पछि त्यही पाँचसय रुपैयाँ लिएर रिसले चुर हुँदै उनि ढोकामा गएर उभिए । यस अघि म भन्दा पछाडी बस्ने करिव ७५ वर्षका बृद्बलाई सह–चालकले बोल्ने तरिका ठिक नभएको भन्दै हकारेका थिए । आँवुखैरेनी पुगेपछि मैले सोचें म १२ किलो झर्नु पर्छ र गाडीबाट झर्न लाग्दा पुनः उही २ कार्टुन स्याउको भाडामा किचकिच शुरु हुन्छ । तै पनि त्यहा चाँही उनि नरम देखिए । नरम हुनुको विकल्प पनि थिएन । किनकी म त्यही जिल्लामा जन्मी हुर्केको एक आम नागरिक त्यहाँको वस्तुस्थिति थाहा नहुने कुरै भएन अनि त्यस्ता सयौं यात्रा त्यही बाटो गरिएको छ । यता टिकट हेरें लेखिएको छ “नम्र व्यवहार¸ मिठो बोली यात्रुलाई गन्तव्य सम्म पुर्‍याउने हाम्रो जिम्मेवारी” कठै यो नारा नारामै सिमित छ मिठो बोली कुन चराको नाम हो कतै महसुस् गर्न पाईएन । यस्तो दुर्व्यवहार सहदैं कति यात्रुले यात्रा गरे होलान् । कति सोझा नागरिक सामान्य झोला र कार्टुनको समेत भाडा तिर्दा हुन् जस्तो लाग्यो। मैलो कस लागेको साँघुरा सिट¸ सह–चलकको दुर्व्यवहार कठै गोरखाको यातायात ।

    ति केही यातायात व्यवसायीहरु यातायातमा काम गर्ने यस्ता व्यक्ति किन राख्छन् ? कहिले सुध्रिन्छन् यिनको व्यवहार जस्तो लाग्यो । तर रमाईलो कुरा गोरखाबाट फर्कदा त्यस्तै प्रकृतिको बस जसले ५ वटा जेब्रा झोला र ३ वटा अरु झोलाको भाडाको कुरै गरेन । शुरुमै सोधेको थिएं यो झोलाको भाडा लाग्छ ? सह–चालकले मिठो बोलिमा भनेका थिए लाग्दैंन लाग्दैंन¸ तपाई सिटमा बस्नुस् म झोला डिक्‍कीमा राखिदिन्छु । दुर्व्यवहार सहदैं काठमाण्डौं गोरखा यात्रा गरेको चाँही सम्झी रहेछु ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.