गोरखा समाचारदाता
काठमाण्डौं – केही दिन देखी राजधानी केन्द्रित आन्दोलन गरी रहेका उखु किसानहरुलाई पैसा नदिएको भन्दै गृह मन्त्रालयले त्यस्ता उद्योगीहरुलाई तत्कालै पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ ।
कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रलाई आधार मान्दै गृहले प्रहरीलाई आदेश दिएको हो । दुवै मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि हिजो गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।
कुन चिनी कारखानाले किसानलाई कति तिर्न बाँकी छ त ?
रौतहटमा रहेको श्रीराम सुल मिल ४२ करोड÷सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल
सर्लाहीको अन्नपूर्ण चिनी मिलले ४० करोड÷सञ्चालक राकेश अग्रवाल
ईन्दिरा सुगर मिलले १० करोड÷सञ्चालक राकेश अग्रवाल
लुम्बिनी सुगर मिलले १० करोड÷सञ्चालक स्वर्गीय मनिष अग्रवाल
महालक्ष्मी सुगर मिलले २० करोड÷सञ्चालक विरेन्द्र कनोडिया
वागमती सुगर मिलले ११ करोड÷सञ्चालक राम थापा र जगदिश अग्रवाल
उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उखु किसानले बताएका छन् ।




















