गोरखा समाचारदाता
गोरखा – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भारत बिचको सिमा बिबाद समाधानका प्रयासहरु भई रहेको बताए ।
गोरखा नगरपालिका ४ पिपलथोकमा हालै निर्माण सम्पन्न भएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको शालिकको सनिबार एक कार्यक्रम बिच अनाबरण गर्दै मन्त्री भट्टराईले यस्तो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपालले कसैको भूमिमाथी पनि आँखा लगाएको छैन र हामी पनि नेपालको भूमिमाथी कसैले आखा लगाएको हेरी बस्न नसकिने बताए ।
मन्त्री भट्टराईका अनुसार भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले बार्ता र संबाद मार्फत बिबाद समाधानका लागि प्रयत्न गरिरहेको छ । उनले भने नेपाल गौतम बुद्ध जन्मिएको भूमि हो । युद्ध र अशान्तिको गुन्जायस छैन ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले तथ्य र प्रमाणको आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै दुबिधा नभएको समेत बताए ।




















