गोरखा समाचारदाता
काठमाण्डौं – संघिय राजधानी देखी गोरखामा गएका साँसद चुडामणी खड्काको स्वास्थ्य सामान्य रहेको छ । उनी आजै दिउसो गोरखाको एक कार्यक्रममा सहभागि हुन जादाँ स्वास्थ्यमा समस्या आए पछि हेली मार्फत राजधानी आएका थिए ।
गोरखा सदरमुकाममा आज देखी भएको दोस्रो गोरखकाली मेलाका लागि प्रमुख अतिथि भएर गएका खड्का कार्यक्रम चलदै गर्दा छातीमा पिडा भए पछि अचानक राजधानी बाट गएको हेली मार्फत फर्किएका थिए । उनको स्वास्थ्य सामान्य रहेको ग्रिन सिटी अस्पतालका चिकित्सकहरुले जानकारी दिएको हो ।
राजधानीबाट सवारी साधानमा गोरखा पुगेका उनलाई मनाङ एयरको हेलिकप्टरमा अपरान्ह सवा ४ बजे राजाधानीको ग्रिन सिटी अस्पताल ल्याईएको थियो ।
चिकित्सकहरुका अनुसार खानपानमा केही गडबढी भएका कारण छातीमा पिडा भएको उनका सहयोगी दुर्गालाल श्रेष्ठले जानकारी दिए । उनलाई अहिले घर लगिएको छ ।


