गोरखा समाचारदाता
गोरखा – गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणको काम तत्काल थाल्न आग्रह गरेका छन ।
भिमसेन थापा गाउँपालिका–४ धावा स्थित श्री प्रभात माध्यामिक बिधालयको ५८ औं बार्षिक उत्सव तथा अभिभावक समारोहको बोल्दै साँसद अधिकारीले राष्ट्रिय गौरबको आयोजना भएकाले सरकारले प्राथामिकतामा राखेर तत्काल काम थाल्नु धाराण ब्यत्त गरेका हुन ।
गोरखा र धादिङका मात्र नभएर देशकै अर्थतन्त्रलाई माथी पुरयाउन सहयोग गर्ने आयोजना भएका कारण पनि यसको काम छिटो भन्दा छिटो थाल्नुपर्ने बताए । बुढीगण्डकीलाई बिद्युत उत्पादन मात्र नभई अब पर्यटकीय क्षेत्रको रुपमा समेत बिकास अधिकारीले सरकार संग अनुरोध गरे ।
आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा तर्फको आरुघाट, आर्खेत र धादिङ तर्फको बिशालटार तथा खहरे क्षेत्रको मुआब्जाको समस्यालाई हल गर्न आफुले पहल गर्ने समेत कार्यक्रममा बताए ।



