गोरखा समाचारदाता
गोरखा – गोरखाको थालाजुङमा रहेको एक स्कुलमा अध्ययन गर्ने सबै बालबालिकालाई आईतबार न्यानो कपडा वितरण गरीएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका २ को थालाजुङमा रहेको आहाल भञ्ज्याङ्ग माविमा अध्ययनरत बिद्यार्थीहरुलाई ‘हाम्रो प्यारो नेपाल’ नामक संस्थाले न्यानो कपडा वितरण गरेको हो ।
डा.कपिल रिजाल र जिवन ओलीको टोलीले स्कुलमा अध्ययनरत १३० जना बिद्यार्थीहरुलाई स्विटर वितरण गरेको हो । पहाडी क्षेत्रमा रहेको उत्त स्कुलमा अध्ययनरत बिद्यार्थीहरु जाडोबाट जोगाउनका लागि न्यानो कपडा वितरण गरीएको हाम्रो प्यारो नेपालले जानकारी दिएको छ ।
शिशु कक्षा देखी १० सम्म अध्ययन गर्ने १३० जना बिधार्थीहरु भएता पनि संस्थालो १४० थान स्वितर स्कुललाई हस्तान्तरण गरेको बिद्यालयका प्रधानाध्यापक केशरसिं बस्न्यातले बताए ।
बितरण गरीएको स्विटर ९० हजार रुपैयाँ बरावरको रहेको संस्थाले जानकारी दिएको छ ।



