गोरखा समाचारदाता
गोरखा – प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले सुःखी नेपाली सम्बृद्ध नेपालको लक्ष्य पुरा गर्न अब आर्थिक उत्पादनमा जोड दिनुपर्ने बेला आएको बताएका छन् । सहिद लखन गाउँपालिका–२ मनकामनामा आयोजित साना किसान सहकारी संस्था लि.को बार्षिक साधारणसभा तथा छैटौ अधिबेशनको मनकामनामा उद्घाटन गर्दै सांसद अधिकारीले उत्पादनका काम लाग्न आग्रह गरेका हुन् ।
‘स्थानीय स्तरमा जे उत्पादन हुन्छ, त्यहि खेतीलाई बढावा दिनुपर्छ, सांसद अधिकारीले भने, ‘सानोबाट भएपनि उत्पादनको थालनी गरौँ, त्यसले आर्थिक आयआर्जनमा कृषकहरुलाई टेवा पुरयाउछ । आफ्नो क्षमता अनुसारको उत्पादनमा ध्यान दिनसके बिस्तारै आर्थिक बिकासले फड्को मार्ने सांसद अधिकारीले बताए ।
ज्ञान प्रबिधिको आयात गरि क्षमताको बिकास गर्दै अघि बढ्न सके मात्र देशले आर्थिक गति हासिल गर्न सक्नेमा कुरामा उनको जोड छ । ‘गोजीमा पैसा सिद्धिएपछि मात्र ऋण लिने कुराले मात्र हामीले प्रगती गर्नसक्दैनौ, उनले भने, आफुसँग पैसा छदैमा ऋण थपेर उत्पादनमा लगाउन सकेमात्र उपलब्धी हासिल गर्न सकिन्छ ।’


