गोरखा समाचारदाता
गोरखा – सिरानचोक–३ हर्मीको चम्पावती माविमा सञ्चालित धनधान्यचल महायज्ञमा ५७ लाख ५७ हजार ४३५ रुपैयाँ संकलन भएको छ ।
मंसिर १५ गतेबाट सुरु भएको महायज्ञमा आइतबार मात्र ११ लाख ८५ हजार ३९१ नगद संकलन भएको महायज्ञ मुल समारोह समितिका संयोजक बलबहादुर केसीले जानकारी दिए ।
विद्यालयमा विज्ञान संकाय र अन्य प्राविधिक विषय अध्यापन गराउन का लागि आयोजना गरिएको उक्त महायज्ञ सोमबार समापन गर्ने तयारी छ । गाउँपालिका र काठमाण्डौबाट पनि रकमको प्रतिवद्धता आएकाले १ करोड सम्म संकलन हुने अपेक्षा विद्यालयले गरेको छ ।


