गोरखा समाचारदाता
गोरखा – विद्यालय जाने क्रममा एक किशोरीमाथि बिरगञ्जमा एसिड प्रहार भएको छ ।
आज (शुक्रबार) बिहान करिब ६ः१५ बजे वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि छिमेकी युवकले एसिड प्रहार भएको हो। अनुहारको गाला र जीउमा एसिडले खतुनलाई पोलेको नारायणी अस्पतालले जनाएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा खातुनमाथि छिमेकी युवक समसाद मियाँ र उनका साथी मजिद आलमले एसिड प्रहार गरेका पर्सा प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मियाँ पक्राउ परी सकेको छ भने आलमलाई प्रहरीले खोजीबिन गरी रहेको छ । एकतर्फि प्रेमका कारण एसिड प्रहार भएको प्रहरीले अनुमान गरेको छ ।
किशोरी माथि वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार भएको हो । खातुन त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययन गर्दै थिईन ।




















