×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खेलकुद मैदानमा दशै मेला नगर्न एन्फाको आग्रह

  •  
  • बुधबार, भदौ १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गाेरखा – अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाले खेलुकद मैदान हरमटारीमा दशै मेला नगर्न आग्रह गरेको छ ।

    जिल्लाको फुटबल बिकासकालागि आवश्यक पूर्वाधार विकासको काम भइरहेको भन्दै सघंले अहिले रङ्गशालामा तय भएको मेला अन्यत्र गर्न आग्रह गरेको हो । ‘हामी मेला महोत्सवको विरोधी होइनौं’ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै संघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ भने ‘खेलकुद मैदानमा वर्षेनी मेला महोत्सव हुँदा हाम्रो लगानी यसै खेर गयो, सिडिओ सापले यसलाई बन्द गरिदिनु परयो ।’

    जिल्ला सदरमुकाममा रहेको एक मात्र खेल मैदानमा वर्षेनी मेला महोत्सव एवं राजनितिक सभा समारोह हुँदै आएको छ । अहिले पनि गोरखा चेम्बर अफ कमर्सले आगामी अशोज ८ गते देखि दशै सस्तो बजार मेला आयोजना गरेको छ ।

    सोही विषयलाई लिएर अहिले फुटबल संघ, खेलकुद बिकास समिति र चेम्बर अफ कमर्सका बीच जुहारी सुरु भएको छ । ‘हामीलाई मेलागर्न दिनु हुँदैन भन्ने फुटबलका साथीहरुको प्रयास हो, गतवर्ष पनि यस्तै भएको थियो’ गोरखा चेम्बरकाअध्यक्ष भाईचन्द्र श्रेष्ठले भने ‘यस अघि उद्योग वाणिज्य संघले त्यही महोत्सव गर्न हुने, अहिले हामीले नहुने भन्ने कुरा छैन्, फुटबल संघको नियतमा खोट छ ।’

    चेम्बरले खेलकुद मैदानको स्वामित्वकर्ता जिल्ला खेलकुद बिकास समिति सँग सम्झौता गरिसकेकाले फुटबल संघले रोक्न खोजेर मेला नरोकिने अध्यक्ष श्रेष्ठको दाबी छ । ग्रास रुट फुटबल सञ्चालन गर्ने, एन्फाका विभिन्न फुटबल गतिविधिहरु अगाडी बढाउनका लागि भन्दै २०७५ जेठ १५ गते गोरखा फुटबल संघले २० वर्षका लागि खेल मैदान प्रयोग गर्ने सम्झौता गरेको थियो ।

    सोही अनुरुप अखिल नेपाल फुटबल संघ एन्फाको र गोरखा नगरपालिकाको ५/५ लाख र स्थानीय जन श्रमदान समेत गरी १२ लाख ३४ हजार ३१ रुपैयाँमा अहिले मैदानको स्तरोन्नती र घेराबारको काम भइहेको छ । ‘हामीले सम्झौताअनुसार खेल मैदानमा पुर्वाधार बिकासको काम सुरु गरयौं’ एन्फा गोरखाका अध्यक्ष श्रेष्ठले भने ‘यता काम सम्पन्न नहुँदा फेरी खेलकुद बिकास समितिले मेला गर्न चेम्बरलाई दिएछ । यस विषयमा हामी सँग कुनै छलफल पनि भएको छैन् ।’ काम सम्पन्न नहुँदै भत्काउदा निर्माण कर्तालाई भुक्तानी दिन पनि समस्या भएको उनको भनाई छ ।

    यता जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बसन्त गुरुङ भने, गोरखा फुटबल संघ सँग समन्वय गर्नु पर्ने कुनै कारण नरहेको तर्क गर्छन् । जिल्ला सदरमुकाममा रहेको उक्त मैदान यस अघि देखि नै सबैले प्रयोग गर्दै आएकाले अहिले चेम्बरलाई पनि सोही अनुरुप अनुमती दिइएको उनको दाबी छ । ‘फुटबल संघले मनोमानीगरयो भने एग्रिमेट रद्द हुनेछ भनेर हामीले सम्झौता-पत्र मै स्पष्ट लेखेका छौं’ खेलकुद बिकास समितिका अध्यक्ष गुरुङले भने ‘उद्योग वाणिज्य संघले महोत्सव गर्दा चाही दिनु पर्छ भन्ने अहिले चेम्बरलाई दिन्नु हुन्न भन्ने एन्फाका साथीहरुको तरिका ठिक भएन ।’

    मेला सकिए पछि मैदानको मर्मत गरी अहिलेको अबस्थामा फर्काउनका लागि खेलकुद बिकास समितिले छुट्टै सम्झौता गर्न लागेको भन्दै अनावश्यक विवाद नगर्न उनले आग्रह गरेका छन् । यता गोरखा जिल्ला फुटबल संघले भने खेलकुद मैदान भित्र हुन गइरहेको दशै मेला अयन्त्र सार्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

    मेला गर्दा एन्फाका कार्यक्रम प्रभावित हुने संघको दाबी छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आपसी संवादबाट निकास निकाल्न दुबै पक्षलाई आग्रह गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.