गाेरखा समाचारदाता
गाेरखा – चितवन जिल्ला अदालतकाे आदेशविरूद्ध टेलिभिजन प्रस्ताेता रवि लामिछाने उच्च अदालत पुगेकाे छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका लामिछाने जिल्ला अदालतको आदेशविरूद्ध मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा पुगेर निवेदन दिएका हुन्। उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरेका छन।
लामिछानले उच्च अदालतमा हालेकाे निवेदनमा आफूले पुडासैनीलाइ आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा राख्नु पर्ने र विदेश जाने प्रतिबन्ध फुकुवा गर्नुपर्ने हुने जिकिर गरिएको छ।
‘लामिछाने र कँडेलले पुडासैनीको आत्महत्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, औषधि उपचारको लागि जानुपर्यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्ने,’ अदालतको आदेशमा भनिएको छ।
पुडासैनीलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश: ५ र ३ लाख रुपैयाँ धरौटी मागेको थियो।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो।



