गाेरखा समाचारदाता
गाेरखा – कपिलबस्तुको शुद्धोदनमा सोमवार देखि बेपत्ता भएका तीनै जनाकाे शव फेला परेको छ।
हरितालिका तीजको अवसरमा कपिलवसतुको शुद्धोदन गाउँपालिका– ६ स्थित बेलभरियको स्थानीय मर्थी खोलाको सन्तघाटमा नुहाउन जाँदा उनीहरु बेपत्ता भएका थिए।
गाउँपालिका -६ स्थित मर्थी खोलको सन्तघाटमा हिजाे (सोमवार) ११ बजेदेखि उनीहरू बेपत्ता भएका थिए । हराइ रहेका मध्ये मंगलवार बिहान ७ बजे तिर १५ बर्षिया तारा कोहारको शव सन्तघाटमा फेला परेको हो।
यस्तै गरी ८ बर्षिया खुश्बु रैदास र तारावती कोहारको शव मनखोरियामा फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
सबैकाे शव खोलामा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएकाे छ।



