×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाईगोरु मारेकाे आशंकामा गृह मन्त्रालयले बनायोे छानबिन समिति

  •  
  • शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा समाचारदाता

    गाेरखा – सुर्खेतमा शुक्रबार मृत फेला परेका गाईगोरुका सम्बन्धमा गृहमन्त्रालयले जाँज गर्न छानविन समिति गठन गरेको छ

    गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानविन समिती गठन गरीएकाे हाे । समितिले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने छ । सुरक्षा निकायका प्रनिनिधि समेत रहने गरी ४ सदस्यीय समिति गठन गरिएको गृहमन्त्रालयबाट शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा गौ हत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुन बमोजिमको हदैसम्मको कारबाही गरिने र कुनै किमिसको उन्मुक्ति नदिने कुरामा गृहमन्त्रालय प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच हिजै नेपालगन्ज उप महानगरपालिकाले दैलेखको श्रीस्थानमा लैजाने भन्दै ट्रकमा लोड गरी ल्याइ सुर्खेतको जंगलमा बेवारिसे अवस्थामा छाडिएका १ सय ४४ वटा गाईलाई पुनः नेपालगन्ज फिर्ता पठाइएको छ ।

    नेपालगन्जबाट ८ वटा ट्रकमा ल्याइएका मध्ये १६ वटा वीरेन्द्रनगरको कटकुवा र ८ वटा धुलिया विटको व्युरेनी जंगलमा गरी कूल २४ वटा मृत अवस्थामा शुक्रवार फेला परेका थिए ।

    प्रहरीका अनुसार शनिवार विहान १ सय ४४ वटा गाईलाई पुनः नेपालगन्ज फिर्ता पठाइएको छ । डिआईजी पूर्णचन्द्र जोशीले जीवित फेला परेका गाईहरुलाई शनिवार ट्रकमा राखेर नेपालगन्ज फिर्ता पठाइएको बताए ।

    उनले शनिवार पनि सुर्खेतका जंगलहरुमा खोजी गर्दा थप आठ वटा मृत गाई फेला परेको समेत जानकारी दिए । घाइते अवस्थामा रहेका गाईहरुको शनिवार मृत्यु भएको र ती समेत गणना गर्दा ३२ वटा पुगेकाे छ ।

    ट्रकमा लोड गरिएका गाईहरुलाई दैलेखको श्रीस्थान लाने भनिएपनि सुर्खेतको जंगल क्षेत्रबाट छोडाउँदै आएको पाइएको छ । सुरुमा कटकुवा क्षेत्रमा मृत गाईसहित अन्य बेवारिसे गाईहरु रहेपनि खोजी गर्दै जाँदा व्युरेनी क्षेत्रमा पनि मृत र घाइते गाईबाच्छीहरु फेला परेका थिए ।

    सुर्खेतको धुलियाविट प्रहरी चेकपोष्टमा ८ वटा ट्रकमा २ सय ९१ गाईबाच्छा भएको इन्ट्री गरिए पनि नेपालगन्ज उपमहानगरपालिकाले चालकहरुलाई दिएको पत्रमा ३ सय ७० वटा रहेको उल्लेख छ । सुर्खेत प्रहरीले शुक्रवार नै गाई लोड गरी ल्याइएका मध्ये पाँच वटा ट्रक र त्यसका चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको प्रहरीले जनाएकाे छ ।

    नेपालगन्ज उपमहानगरपालिकाले दैलेखको श्रीस्थानमा लैजानका लागि गाई लगिएको बताए पनि श्रीथानबासी तथा जिल्ला प्रशासन कार्यालय दैलेले यसवारे कुनै जानकारी नभएको जनाएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दैलेखका स्थानीय तहसंग नेपालगञ्ज उपमहानगरपालिकाले समन्वय नै नगरेको बताए।

    श्रीस्थानको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले हचुवाका भरमा नेपालगन्जका गाई श्रीस्थान ल्याउन लागेको बताए । नेपालगन्ज उपमहानगरले को संग सहमति गरी गाई ल्याउन लागेको हो, त्यसवारे कसैलाई जानकारी नै छैन भन्दै उपमहानगरपालिकाले झुटो प्रचार गरेको आरोप लगाए ।

    श्रीस्थान मन्दिर व्यवस्थापन समितिले पनि श्रीस्थानमा नेपालगन्ज उपमहानगरपालिकाबाट गाई ल्याउनेवारे कुनै आधिकारिक जानकारी नआएको जनाएको छ । समितिका कार्यवाहक अध्यक्ष केशवराज थापा र महन्त गोकर्णनाथ योगीले संयुक्तरुपमा विज्ञप्ति जारी गरी श्रीस्थान ज्वाला क्षेत्रको बदनाम हुने गरी गरिएको कुप्रचारप्रति आपत्ति जनाएको छ । साथै घटनामा संलग्नलाई कारबाही गर्न समितिले माग गरेको छ ।

    यसै बिच सामूहिक गौहत्याको विरोधमा सुर्खेतमा सनिबार प्रदर्शन गरिएको छ । सुर्खेत उद्योग बाणिज्य संघको इलेक्ट्रोनिक बस्तुगत समितिको आयोजनामा शनिवार विहान वीरेन्द्रनगरमा प्रदर्शन गर्दै सामूहिक गौहत्यामा संलग्नलाई कारबाहीको माग गरिएको छ ।

    फौजदारी संहिता २०७४ को परिच्छेद २७ मा पशुपंक्षी सम्वन्धी कसुरमा गाई गोरु मार्न वा कुट्न नहुने उल्लेख छ । यदि कसैले गाई गोरु मार्ने वा कुनै नियतले चोट पुर्याउने गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ बर्षसम्म कैद, अंगभंग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.