गाेरखा समाचारदाता
गाेरखा – देशेकाे बिभिन्न स्थानमा डेङ्गुका बिरामी फेला परेकाे खबर प्राप्त भइ रहदा गाेरखा संग सिमा जाेडिएकाे तनहुँ जिल्लामा पनि डेङ्गुका बिरामी फेला परे खबर प्राप्त भएकाे छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनहुँ जिल्लाका ९ जनामा डेङ्गुकाे सङ्क्रमण भएकाे बिरामी फेला परेकाे हो । गत साउन २४ गते १ जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी ९ जना पुगेका छन् ।
व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ ।
गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ जनाको परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए ।
डेङ्गुका बिरामीमध्ये ३ जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये १ जनालाई अस्पतालबाट घर पठाइएको र २ जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।
तनहुँमा आर्थिक वर्ष ०७१/०७२ मा ३ जना, ०७४/०७५ मा १ जना र ०७५/०७६ मा १ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३ सय ३९ जना डेङ्गुका बिरामी फेला परेका छन् ।
सबैभन्दा बढी कास्कीमा ३ सय १२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा २/२ जना डेङ्गुका बिरामी फेला परेका छन् । स्याङ्जामा र तनहुँमा ९/९ जना र गोरखामा ३ जना डेङ्गुका बिरामी फेला परेका छन् ।



