गोरखा समाचारदाता
गोरखा – तनहुँको बन्दिपुर गाउँपालिका चुनपहरा क्षेत्रमा कारले पैदल यात्रीलाई ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले दिएको जानकारी अनुसार बन्दिपुर गाउँपालिका ४ को चुनपहरा क्षेत्रमा पोखरा देखी संघिय राजधानी काठमाण्डौं जादै गरेको बा.१ च १३९७ नम्बरको कारले ठक्कर दिदाँ सोही स्थान बस्ने मनिषा परियारको मृत्यु भएको हो ।
चुनपहरा क्षेत्रमा ठक्कर दिएर उपचारको लागि डुम्रेमा रहेको एक अस्पतालमा उपचारका क्रममा परियारको मृत्यु भएको थियो । मृत्तक परियारको पोष्टमार्टम पछि शब आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घटनामा संलग्न रहेको कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ ।



