गोरखा समाचारदाता
गोरखा – पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
दुई बर्षे कार्यकालका लागि समूहको उपाध्यक्षमा कोकिला श्रेष्ठ, सचिवमा रन्जिता सुवेदी, सह–सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा मिना द्धारे चयन हुनु भएकी छिन । त्यस्तै गरी सदस्यहरूमा सृजना खनाल, मिठु द्धारे, राधा कार्की, प्रमिला शर्मा, विमला भुजेल, ममता पौडेल, देवी न्यौपाने, जमुना सोराली निविरोध चयन हुनु भएकी हुन ।
कार्यक्रममा समाजका ७० बर्ष उमेर पुगेका एक दर्जन आमा बुवा, एसईई परीक्षामा उत्तिर्ण ७ जना विद्यार्थी, समाजसेवी बैकुण्ठलाल जि.सी र हिमालय बोर्डिङ स्कूलका प्रिन्सिपल डा. टेकनारायण पौडेललाई दोसल्ला ओडाई सम्मानपत्र दिएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सचिव मिना के.सी. र कोषाध्यक्ष मिना द्धारेले आ–आफ्नाृ प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सामूहिक दर समेत खुवाईएको थियो ।



