गोरखा समाचारदाता
गोरखा –“हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा बुधवारदेखी “वाईवाई तीजमेला–२०७६” सुरु भएको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७६ को अवसरमा आयोजना गरिएको मेलाको उदेश्य ऐतिहासिक महत्व वोकेको पुरानो टुखिेलको संरक्षण गर्नु रहेको छ ।
इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्य र चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउको मुख्य प्रायोजनमा सुरु भएको मेला १७ भदौसम्म चल्नेछ । मेलाको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले उद्घाटन गरेका थिए ।
मेलाउद्घाटन हुनु पुर्व विभिन्न जात जाती, आमा समुह, संघ संस्था लगायतको सहभागितामा पुरानो टुडिखेलवाट र्याली सुरु भएको थियो । र्याली सिम्पानी चोक, माछापुच्छ्रे बैक चोक, पृथ्वीनारायण क्यापस गेट, बगर, बागवजार हुदै पुनः टुडिखेलमा आएर सम्पन्न भएको थियो ।
मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै रेष्टुरेन्ट लगायतका गरि ६२ वटा स्टलहरु सगै वाल उद्यान समेत राखिएको छ ।
मेलाको उद्घाटन गदै अध्यक्ष तिम्सिनाले हाल टँुडीखेल चारै तिरवाट अतिक्रमणमा परेकोले टुडीखेललाई पुरानै अवस्थामा फर्काउन सबैले आ–आफनो क्षेत्रवाट पहल गर्न आवश्यक रहेको बताए ।
पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष शोभा गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य दुर्गा विक, गण्डकी प्रदेश सभा सदस्यहरु दिपक कोईराला, विन्दुकुमार थापा, गायत्री गुरुङ, ईन्द्रेणीका अध्यक्ष भानुभक्त अधिकारी, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, ईन्दे्रणीकी सचिव विनाका शर्मा, पोखरा १ की अध्यक्ष शारदा पराजुली, आमा समुह समन्वय समिति पोखरा १ की संयोजक राधा वराल अधिकारी, टोल विकास संस्था समन्वय समिति पोखरा १ का अध्यक्ष चन्द्र बहादुर गुरुङ, चौधरी ग्रुपका सिनियर माकेटिङ म्यानेजर सुरेन्द्र खनाल लगायतले कार्यक्रमा बोलेका थिए ।



