गोरखा समाचारदाता
गोरखा – बागलुङको बढीगाड खोलामा १ जना पुरुषको मृत्त शरिर फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार बढीगाड गाउँपालिका २ मा पर्ने बढीगाड खोलामा गुल्मी जिल्ला मुसिकोट नगरपालिका २ अगाहाका ३५ बर्षिय कर्णबहादुर जिसीको मृत्त शरिर फेला परेको हो ।
जिसीले खोलामा हामफाले बेपत्ता भए पछि उनका आफन्तहरुले खोजतलास गरेका थिए ।
खोजतलासको क्रममा सोही खोलाको २ किलो मिटर तल खोला किनारमा जिसीको मृत्त शरिर फेला परेको भन्दै आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।




















