गोरखा समाचारदाता
गोरखा – स्याङजाको लखने भिरमा बाख्रा चराउन गएका एक युवकको लडेर मृत्यु भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी कृण्णबहादुर कार्कीका अनुसार वालिङ नगरपालिका ११ आम्दाली बस्ने बर्ष २५ का बसन्त थापा बाख्रा चराउन जादाँ सोही स्थानको लखने स्थित रहेको भिरबाट लडदा मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी घटना स्थल पुगेको भएता पनि थापाको घटना स्थलमा नै मृत्यु भएको थियो ।
शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको र पोष्टमार्टम पछि शब आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।



