गाेरखा समाचारदाता
गाेरखा – फेसबुकमा चिनजान गरेर महिलालाइ बलात्कारकाे भन्दै प्रहरीले १ जना युवकलाइ पक्राउ गरेको छ।
जबरजस्ती करणी गरेको अभियोगमा रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–५, खहरे का २५ वर्षीय तेज बुढा भन्ने तेजबिक्रम विएमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रोल्पा घर भई रुकुम खलंगामा बस्दै आएकी १९ वर्षीया नाम परिवर्तन (राममाया)लाई बलात्कार गरेको अभियोगमा युवालाइ पक्राउ गरिएको प्रहरीको भनाइ छ।
किशोरीलाई विवाह गर्छुभनेर प्रलोभन देखाइ खलंगामा रहेको आफ्नो कोठामा बोलाएर बुढाले जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिए।
दिदिको घरमा बस्दै आएकी ती किशोरी र पक्राउ परेका युवाको सामाजिक सञ्जाल फेसबुकमार्फत परिचय भएको प्रहरीले जानकारी दिएकाे छ।
भदौ ५ गते कोठामा जबरजस्ती करणी गर्नुका साथै २ दिनसम्म कोठमा राखी बाहिरबाट ढोका बन्द गरेर भागेको पीडितले उजुरीमा उल्लेख गरेको छ।
पीडित किशोरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । सोही उजुरीको आधारमा तेजबिक्रमलाई सोमबार बिहान मुसीकोट नगरपालिका–५ सेरीगाउँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनी विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको कायार्लयले जानकारी दिएकाे छ।



