गाेरखा समाचारदाता
गाेरखा – नेपाली बजारमा सुनकाे मुल्य अहिले सम्मकै उच्च भएकाे छ ।
आइतबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भए पछि याे नेपाली बजारमा अहिले सम्मकै उच्च भाउ हाे ।
सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार शुक्रबार सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रति तोलामा २० रुपैयाँले बढेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भएकाे नेपाल महासंघले जनाएको छ ।




















