गाेरखा समाचारदाता
गाेरखा – प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार सुरु भएको छ ।
उपचारका लागि सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरू गरिएकाे निजी चिकित्सक प्रा.डा.दिब्या सिंहले जानकारी दिइन ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत् समेत जानकारी गराएका छन्।
प्रधानमन्त्रीको उपचार गत शुक्रबारबाट National University Hospital सिंगापुरमा शुरू गरिएको हाे।



