कैलासबावु श्रेष्ठ
गोरखा – उत्तरी गोरखाको यारु बगरमा शुक्रबार दिउसो खोला वारपार गर्ने क्रममा १ जना सडक मजुदर वेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार नेपाली सेनाले निर्माण गरी रहेको आरुघाट–लार्के सडकमा काम गर्ने पश्चिम रुकुम आठबिस कोट नगरपालिका ५ का २३ बर्षिय नेत्रबहादुर सार्की बुढी गण्डकीमा वेपत्ता भएको हो ।
प्रहरी उपरिक्षक ओमप्रकाश अधिकारीकाअनुसार धार्चे गाउँपालिका ३ को यारु बगरमा दिउसो १२ः४५ बजे कामको शिलसिलामा ट्युब लिएर बुढी गण्डकी पार गर्न लागेका सार्कीलाई बगाए पछि अहिले सम्म वेपत्ता भएको हो ।
दिउसो २ बजे मात्र खबर पाएको र प्रहरी घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।



