×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मेलम्ची खानेपानी आयोजना: नयाँ ठेकेदार सिनोहाइड्रोले कहिलेसम्म सिध्याउला बाँकी काम

  •  
  • बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गत पुस १ गते इटालियन कम्पनी सीएमसी आफैँ समस्यामा परेपछि काम अलपत्र छाडेर भागेको आठ महिनापश्चात् बल्ल सरकारले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिन लागेको छ।

    बोलपत्र आह्वान गर्दा सबभन्दा कम रकममा काम सक्छु भनेकाले उसलाई ठेक्का दिन लागिएको बताइएको छ।

    अहिले मेलम्चीमा बाँकी रहेको मुख्य कार्य भनेको हेडवर्क्स तथा सुरुङका केही अन्तिम वा फिनिशिङका काम छन्।

    हेडवर्क्स भनेको नदीबाट पानी फर्काएर सुरुङभित्र ल्याउने काम हो जसका लागि खोलामा सानो बाँध बनाउनुपर्छ।

    त्यसका अतिरिक्त काठमाण्डू उपत्यकामा पाइपलाइन जडान तथा सुन्दरीजलमा पानी प्रशोधनस्थलको काम पनि जारी नै छ।

    “हामी बोलपत्र र खरिद प्रक्रियाको अन्तिम अवस्थामा पुगेका छौँ। मूल्याङ्कन र अन्य प्रक्रियापश्चात् अब सम्झौता गर्न आऊ भन्ने भावमा पत्र पठाउँदैछौँ,” आयोजना सञ्चालन गर्दै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

    कति समय लाग्ला ?
    नयाँ ठेक्काको लागि बनाइएका कागतपत्रमा सुरु भएको १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गरिनुपर्ने उल्लेख छ।

    “तर निर्माण कम्पनीले दक्षतापूर्वक काम गरेको खण्डमा त्योभन्दा अगावै सकिने सम्भावना पनि रहेको छ,” पन्तले भने।

    हेडवर्क्सबाहेक सुरुङका बाँकी काम सिध्याउन पनि सिनोहाइड्रोलाई नै जिम्मा दिन लागिएको छ।

    के हो सिनोहाइड्रो ?
    सिनोहाइड्रो चीनको एक विशाल एवम् प्रतिष्ठित जलविद्युत् इन्जिनियरिङ तथा निर्माण कम्पनी हो।

    उसले चीनका अतिरिक्त दक्षिण एशिया, दक्षिण पूर्वी एशिया र अझ खासगरी अफ्रिकामा दर्जनौँ ठूला आयोजना निर्माण गरेको छ।

    मेलम्ची सुरुङ

    तिनमा जलविद्युत्‌ आयोजनादेखि बाँध अनि सडक आयोजना थुप्रै छन्।

    नेपालमा सिनोहाइड्रो आएको धेरै वर्ष भइसकेको छ।

    यहाँ कार्यरत प्रमुख चिनियाँ निर्माण कम्पनीमध्ये सिनोहाइड्रो पनि पर्छ।

    उसले थुप्रै जलविद्युत्‌देखि लिएर सिँचाइ परियोजनामा हात हालेको छ।

    कस्तो छ उसको ‘ट्र्याक रेकर्ड’ ?

    मेलम्चीमा यसअघिको ठेकेदार कम्पनीहरूबाट अपेक्षित काम नभएको सन्दर्भमा आगामी कम्पनी कस्तो होला भन्ने चासो सबैमा देखिन्छ।

    यसअघि पनि सिनोहाइड्रोले मेलम्चीमा ठेक्काको निम्ति इच्छा देखाएको थियो। तर त्यतिखेर उसले तोकेको रकमभन्दा अन्यको कम भएको हुनाले छानिएको थिएन।

    माथिल्लो तामाकोसीको पावरहाउस

    जानकारहरूका अनुसार सिनोहाइड्रोको सन्दर्भमा यहाँको अनुभव उत्साहजनक भने देखिँदैन।

    “सिनोहाइड्रोको ट्र्याक रेकर्ड यहाँ त्यति सकारात्मक त देखिँदैन किनभने उसले हात हालेका आयोजनाहरू समयमा र तोकिएकै लागतमा सकिएका छैनन्,” लामो समयदेखि जलस्रोतबारे लेख्दै आएका पत्रकार विकास थापाले बताए।

    उनका अनुसार सिक्टा आयोजना, कुलेखानी तेस्रो, चमेलिया तथा माथिल्लो तामाकोशीमा सिनोहाइड्रोको कार्यसम्पादन चित्तबुझ्दो छैन।

    “उसले हात हालेका ठूला आयोजना यिनै हुन् र यी निर्धारित समय र लागतमा पूरा भएका छैनन्,” उनले भने।

    ‘कम बदनाम’
    उनका अनुसार सिनोहाइड्रो निर्माण व्यवसायीका अतिरिक्त नेपालमा जलस्रोत प्रवर्तक पनि भएर आएको (५० मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजनामा) हुनाले नेपालका विभिन्न परिवेशका कारण पनि उसको कार्यसम्पादन त्यति उत्साहजनक नभएको हुन सक्छ।

    भूतपूर्व ऊर्जासचिव हरिराम कोइरालाको दृष्टिमा भने यहाँ आएका थुप्रै चिनियाँ कम्पनीहरूको तुलना गर्दा सिनोहाइड्रो तुलनात्मक रूपमा कम बदनाम छ।

    “सरकारी क्षेत्रमा पनि यसले निर्माण गर्दै पनि छ र गरिसकेको पनि छ। निजी तवरमा ५० मेगावाटको आयोजना पनि गरेको छ।”

    “नेपालमा थुप्रै चिनियाँ ठेकेदारहरू पसेका छन्। तीमध्ये कम बदनाम भएका ठेकेदार कम्पनीमा सिनोहाइड्रो पनि पर्छ,” कोइरालाले बताए।

    आयोजनाको यस्तो छ इतिहास

    मेलम्ची खानेपानी आयोजना काठमाण्डूका निम्ति आवश्यक भन्ने कुरा चलेको दशकौँ बितिसक्यो।

    विक्रम संवत् २०५१ को मध्यावधि चुनावमा काठमाण्डूबाट उठेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते “काठमाण्डूको सडक मेलम्चीको पानीले पखालिदिने” भनी गरेको वाचा आजसम्म सम्झना गरिन्छ।

    तर समयसीमा तोकिने र त्यसको पालना नहुने शृङ्खलाबद्ध घटनाक्रमले त्यसयता मेलम्ची एउटा राष्ट्रिय चुट्किला नै बनिसकेको केहीले टिप्पणी गरेका छन्।

    मेलम्ची

    विसं २०५८/५९ मा सुरु गर्दा विसं २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर अहिलेसम्म यो आयोजना बनिसकेको छैन।

    यसबीच अब अर्को वर्षभित्र वा आउने दशैँभित्र मेलम्ची बन्छ भनेर धेरै पटक धेरै सरकारले गरेका वाचा त्यत्तिकै तोडिए।

    गत वर्ष पनि जब मेलम्चीको मुख्य सुरुङ छिचोलियो तब खानेपानी मन्त्री बीना मगरले दशैँसम्ममा मेलम्चीको खानेपानी राजधानीमा वितरण भइसक्ने बताएकी थिइन्।

    तर मेलम्ची पूरा हुनु त कता हो कता तिहारपछि मुख्य ठेकेदार नै काम छाडेर भागिदियो।

    मेलम्चीको प्रतीक्षामा बसेको काठमाण्डूको तिर्खा समाजिक सञ्जालमा पनि विभिन्न रूपमा देखिने गरेको छ।

    तथ्याङ्कमा मेलम्ची

    • साढे ३५ करोड डलर बराबरको मेलम्ची आयोजनामा एशियाली विकास ब्याङ्कले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको
    • झन्डै १३ लाख सहरवासी अर्थात् एक लाख ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने अनुमान
    • पहिलो चरणमा मेलम्चीमार्फत् १७ करोड लिटर पानी प्रतिदिन काठमाण्डू ल्याइने
    • दोस्रो चरणमा याङ्ग्री र लार्के नामका अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना
    • त्यसका लागि आधा अर्ब डलर लाग्ने अनुमान

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.