गाेरखा समाचारदाता
गाेरखा – वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी घर ल्याइएको थियो ।
शौचालय जाँदा बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।
दीक्षितले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।
नेपाली पत्रकारिता क्षेत्रमा पनि दीक्षितको विशिष्ट योगदान रहेकाे छ ।
दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन । परिवार श्राेतका अनुसार दीक्षितकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।



