×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

सुुरक्षित आप्रवासन परियोजना लागु

  •  
  • मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लामा सुरक्षित आप्रवासन परियोजना लागु हुने भएको छ ।

    स्वीस सरकारको सहयोगमा बैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा उक्त परियोजना लागु गर्न लागेको हो । ‘यहाँ सरकारी क्षेत्रबाट बैदेशिक रोजगार सम्बन्धी केही काम नै भएको थिएन’ बैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि राजन भट्टराईले भने ‘अब भने यहाँका ४ वटा स्थानीय तहमा यो कार्यक्रम लागु गर्ने तयारी हुँदै छ ।

    ती स्थानीय तहका सर्वसाधरणले सबै भन्दा बढि राहदानी बनाएको तथ्याङ्कका आधारमा पहिलो पटक ४ वटा स्थानीय तहमा कार्यक्रम गर्न लागिएको हो ।

    उक्त कार्यक्रम सञ्चालन गर्नका लागि गोरखा नगरपालिकाको प्रमुख राजनराज पन्तको अध्यक्षतामा परियोजना व्यवस्थापन समिति निर्माण गरिएको छ ।

    उक्त समितिमा सम्बन्धित गाउँपालिकाका अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, सामाजिक विकास समितीका संयोजक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्रोत केन्द्रका कर्मचारी र गोरखा नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख सदस्य रहने बताइएको छ । ‘हामीले कार्यक्रम सञ्चालन गर्ने अन्तिम तयारी गरिसकेका छौं, समिति पनि निर्माण भइसकेको छ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘अब औपचारिक सम्झौता हुने बित्तिकै परियोजना व्यवस्थापन समितिको बैठकले अरु कुराको निर्णय गर्छ ।’

    समितिले केन्द्रमा निर्माण भएको कार्यविधिका आधारमा स्थानीय आवश्यकतालाई ख्याल गरी कार्यक्रम सञ्चालन गर्ने छ । कार्यक्रम सञ्चालका लागि यस अघि नै मन्त्रालयले शसर्त अनुदान मार्फत स्थानीय तहमा आवश्यक बजेट समेत पठाइसकेको छ । ‘गोरखा नगरपालिका सदरमुकाममा रहेको र त्यसले जिल्ला प्रशासनमा हेल्प डेक्स पनि राख्ने भएकाले यहाँ ४१ लाख बजेट विनियोजन भइसकेको छ’ मन्त्रालयका प्रतिनिधि भट्टराईले भने ‘अन्य तिन पालिकाले यो कार्यक्रम सञ्चालनका लागि ११÷११ लाख रकम पाइसक्नुभएको छ ।’

    सोमबार भएको परियोजनाको परिचयात्मक कार्यक्रममा चार वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । ‘बजेट सिधै पालिकामा आएपनि यो सेवा प्रदायक संस्था मार्फत सञ्चालन हुने कार्यक्रम हो’ भट्टराईले भने ‘अब संस्था छनौट प्रक्रियाका लागि झण्डै १ महिना लाग्छ । त्यसपछि मात्र औपचारिक रुपमा काम सुरु हुन्छ ।’

    उक्त परियोजना अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्र स्थापना गरिनेछ । उक्त स्रोत केन्द्रले जिल्ला प्रशासनमा राहदानी बनाउन पुगेको सर्वसाधारणलाई वैदेशिक रोजगार सम्बन्धी सूचना, जानकारी दिनुका साथै, रेमिट्यान्सको सहि सदुपयोग गर्न आवश्यक परामर्श दिने बताइएको छ ।

    परियोजना सञ्चालन भएका स्थानीय तहहरुमा पनि उक्त खालका सचेतना कार्यक्रमहरु सञ्चालन हुने बैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.