गाेरखा समाचारदाता
गाेरखा – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानून निर्माण भएको बताए ।
राष्ट्रियसभाको आइतबार भएकाे बैठकमा मन्त्रि पण्डितले ‘तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन’ माथि उठेका सवालमा त्यस्ताे कुरा बताएका हुन ।
मन्त्री पण्डितले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तह सञ्चालन हुने, संविधानअनुसार नै कानून बन्ने, प्रदेश लोक सेवा आयोग गठन प्रक्रिया अगाडि बढेको र स्थानीय तहका कर्मचारीको परीक्षा भइरहेको जानकारी गराए ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले सभामा पेस गर्नुभएको उक्त प्रतिवेदन माथि सांसद ठगेन्द्रप्रकाश पुरी, कोमल ओलीे, वृषेशचन्द्र लाल, रामनारायण बिंडारी, डा विमला राई, जीतेन्द्रनारायण देव, खेमलाल भट्टराई, पर्शुराममेघी गुरुङ र प्रमिला कुमारीले भूमिका, जिम्मेवारी र अधिकारका सम्बन्धमा तीन तहमा छलफल चलाउन मन्त्री पण्डितलाई सुझाव दिए ।




















