×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भरतपुर महानगरपालिकामा वडा अनुसार घरको रङ्ग

  •  
  • आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ईश्वर जोशी
    संवाददाता, बीबीसी नेपाली, नारायणगढ

    चितवनको भरतपुर महानगरपालिकालले ‘एक वडा एक रङ्ग’ कार्यक्रम अघि सारेको छ।

    महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार प्रत्येक वडाले आफ्नो रङ्ग चुन्न पाउने र वडाका सबै घरको बाहिरी रङ्ग वडाले तोकेअनुसारको लगाउनु पर्ने मेयर रेनु दाहालले बताइन्।

    उनका अनुसार त्यसकालागि महानगरपालिकाले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने प्रयास भइरहेको बताएकी छन्।

    महानगरपालिकाको योजना कार्यान्वयन भएमा तीन वर्षमा सबै घरहरूमा ‘एक वडा एक रङ्ग’ अनुसार रङ्गरोगन भइसक्ने छ।

    कहिलेदेखि ?
    कार्यक्रमले महानगरको छुट्टै पहिचान बन्नुका साथै व्यवस्थित सुन्दर सहरको रूपमा विकास हुने र रङ्गको आधारमा वडा छुट्याउन सकिने अधिकारीहरू बताउँछन्।

    यसै आर्थिक वर्षदेखि सकेसम्म सबै वडामा र कम्तीमा केही वडाबाट कार्यक्रम सुरु गर्ने महानगरको योजना छ।

    रेनु दाहाल
    कुन वडामा कुन रङ्ग लगाउने भन्ने निर्णय गर्ने अधिकार वडा कार्यालयलाई हुनेछ।

    एउटा वडाका सबै घरमा आफ्नो वडा कार्यालयले छानेको रङ्ग घरको बाहिरी भागमा लगाउनु पर्ने तर घरभित्र जुन रङ्ग लगाउन पनि पाइने महानगरले जनाएको छ।

    अनुदानको व्यवस्था
    ‘एक वडा एक रङ्ग’ का लागि महानगरपालिकाले चितवनमा रहेका गुणस्तरीय रङ्ग उद्योगहरूसँग सहकार्य गरेर ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने प्रयास भइरहेको बताइएको छ।

    चितवनको नारायणी नदी किनारमा रहेको झाडीलाई पन्छ्याइ युवाहरूले पार्क बनाएका छन्।
    घरधनीले ५० प्रतिशत खर्च भने आफैले बेहोर्नु पर्ने मेयर दाहालको भनाइ छ।

    उनका अनुसार नयाँ बन्ने घरमा सिफारिस गरिएको रङ्ग लगाउनु पर्नेछ भने पुराना घरहरूलाई क्रमश: रङ्ग लगाउन प्रोत्साहित गरिने छ।

    भरतपुर महानगरपालिकामा करिब ५० हजार घरहरू छन् भने बार्षिक तीन हजार नयाँ घर बन्ने गरेका छन्।

    कति सम्भव ?

    मेयर दाहालले यो कार्यक्रम सम्भव भएको र यसले भरतपुरलाई छुट्टै पहिचान दिने बताइन्।

    भारतका विभिन्न शहरहरूका साथै नेपालमै पनि वालिङ गुलाबी नगर रहेको उदाहरण दिँदै उनले भरतपुरका वडालाई रङ्गले छुट्याउने काम क्रमिक रूपमा गर्न सकिने विश्वास व्यक्त गरिन्।

    चितवनमा १७ वटा रङ्ग उद्योगहरू छन्। ती उद्योग र सरोकारवालाहरूसँग अनुदान जुटाउन छलफल गरिरहेको अधिकारीहरूले जनाएका छन्।

    भरतपुर

    साउन सात गते महानगर कार्यपालिकाको ३१औँ बैठकको निर्णय नं ८ मा भनिएको छ, “एक वडा एक रङ्ग प्रयोग सम्बन्धमा गुणस्तरयुक्त रङ्ग उत्पादन कम्पनीसँग समन्वय गर्ने एवम् यस सम्बन्धी मापदण्ड बनाएर आगामी कार्यपालिकामा पेस गर्ने निर्णय गरियो।”

    वडा कार्यालयले टोलबासीहरूसँग समन्वय गरेर कार्यक्रम सुरु गर्ने र यसले वडाको पहिचान बनाउन गर्न मद्दत गर्ने वडा ३ का अध्यक्ष चन्द्र पण्डितको भनाइ छ।

    उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान भने कार्यक्रम सफल पार्न महानगरले स्थानीय बासिन्दाहरूलाई सहयोग गर्नुपर्ने बताउँछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.