×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

बेनी–जोमसोम–कोरला सडक काम अन्तिम चरणमा

  •  
  • आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा समाचारदाता

    गाेरखा – बेनी–जोमसोम–कोरला खण्डको ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

    उत्तर दक्षिण व्यापार प्रवद्र्धन गर्ने कालीगण्डकी करिडोर अन्तर्गतको उक्त  मार्ग निमाण सम्पन्न भए पछि भारत र चीनलाई जोड्ने त्रिदेशीय  मार्ग हुने छ ।

    बेनी–कोरलाको १ सय ८६ किलोमिटर लामो सडक खण्ड अन्र्तगत जोमसोम–कोरला खण्डको १४ किलोमिटर ट्र्याक खोल्ने कार्य मात्रै बाँकी रहेको छ ।

    बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजनाका अनुसार जोमसोम–कोरला १ सय १० किलोमिटर खण्डको ३ स्थान गरी जम्मा करिब १४ किलोमिटर ट्र्याक खोल्ने काम मात्र बाँकी छ ।

    यो काम असोज भित्र सम्पन्न हुने छ । बेनी–जोमसोम खण्डको ट्र्याक खोल्ने काम भने सम्पन्न भइसकेको छ ।

    आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवका अनुसार जोखिम र ठाडो भीर रहेको ३ स्थानमा ट्रयाक खोल्ने कार्यलाइ तीव्रता दिइएकाे छ । घ्याकर–समरसम्मको ७ किलोमिटर, झो खोला क्षेत्रमा २ किलोमिटर र घमी–चराङ क्षेत्रको ५ किलोमिटर गरी १४ किलोमिटरको ठाडो भीर खन्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको इन्जिनियर यादवले बताए ।

    भौगोलिक विकटता एवं प्रतिकूल मौसमले उक्त खण्डमा १ बषमा ५ महिना मात्रै सडक निर्माण कार्य हुने गरेकाे छ ।

    कालोपत्रे छिट्टै
    उत्तर दक्षिण व्यापारिक मार्ग आयोजनाका निर्देशक शिव नेपालले बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर खण्ड कालोपत्रे गर्ने कार्य  अगाडि बढाइएको बताए । उक्त खण्डमा कालोपत्रे गर्न छुटा छुट्टै ४ प्याकेजमा ठेक्का सम्झौता गरिएको छ ।

    असोजसम्ममा कालोपत्रे सक्ने लक्ष्य लिए पनि सडक निर्माणमा २ सय विद्युतीय खम्बा, बेनी बजारमा ४ किलोमिटर खानेपानीको पाइप र कालीगण्डकी प्रसारण लाइनको टावर नहटेसम्म कालेपत्रे सडक निर्माणमा समस्या हुने आयोजनाले जानाकारी दिएकाे छ ।

    पश्चिममा पाल्पा, तनहुँ, स्याङ्जा, गुल्मी, बागलुङ, पर्वत हुँदै हिमाली जिल्ला म्याग्दी र मुस्ताङ उक्त करिडोर अन्र्तगत पर्दछ।

    करिडोरको कुल लम्बाइ ४ सय ३५ किलोमिटर रहेको छ । पहाडी र हिमाली जिल्ला हुँदै चिनियाँ सीमा जोड्ने बेनी–जोमसोम–कोरलाको लम्बाइ १ सय ८६ किलोमिटर छ । नवलपरासी–बेनीसम्मको खण्डको लम्बाइ २ सय ४९ किलोमिटर छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.