×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखाका दुई पालिकामा अझै पुगेन बिजुली

  •  
  • आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मिया

    गाेरखा – जिल्ला ११ स्थानीय तह मध्ये २ गाउँपालिकामा अझैसम्म केन्द्रिय विद्युत पुग्न सकेको छैन ।

    जिल्लाको उत्तरी विकट मानिने धार्चे र चुमनुब्री गाउँपालिकामा अहिलेसम्म पनि केन्द्रिय लाइन विस्तार हुन नसकेको हो । केहि ठाउँमा स्थानीय लघु जलविद्युत आयोजना संचालन भएपनि धेरै स्थान अझै अन्धकार मै छ ।

    भौगोलिक रुपमा विकट मानिने यि दुई गाउँपालिकामा विद्युत विस्तारका लागि यस अघि बजेट आएपनि काम हुन नसकेको नेपाल विद्युत प्राधिकरण गोरखा शाखाले बताएको छ । ‘दुई स्थानीय तहमा अहिलेसम्म पनि केन्द्रिय लाइन पुगेको छैन’ प्राधिकरणका गोरखा प्रमुख माधव न्यौपानेले भने ‘भुगोल नै त्यस्तै छ, विद्युतीकरण गर्न भन्दा ढुवानी खर्चिलो छ, सानो तिनो बजेटले त्याहा लाइन पुरयाउनै सकिने अवस्था छैन ।’ यस बर्ष धार्चेको लाप्राक हुदै गुम्दासम्म लाइन पु¥याउने लक्ष्य कार्यालयले राखेको उनको भनाई छ ।

    जिल्लामा हालसम्म दुई नगरपालिका र पाँच गाउँपालिकामा मात्रै केन्द्रिय विद्युत लाइन पूर्ण रुपमा पुगेको छ ।

    पालुंटार, गोरखा नगरपालिका, शहिद लखन, आरुघाट, गण्डकी, सिरानचोक र भिमसेन थापा गाउँपालिका अन्य चार तहको तुलनामा भौगोलिक रुपमा केहि सुगम भएकाले सबै वडामा केन्द्र्रिय लाइन पुगेको छ भने वारपाक सुलिकोट र अजिरकोटमा आंशिक मात्रै विद्युतिकरण भएको हो । ‘अघिल्लो बर्षदेखि गाउँगाउँमा केन्द्रिय लाइन विस्तार भइरहेको छ’ प्रमुख न्यौपानेले भने ‘सुलिकोट र अजिरकोटमा आंशिक भएको अवस्थामा छ । गोरखा र पालुंटार सहित अरु ७ स्थानीय तहमा लगभग पूर्ण विद्युतिकरण भएको छ ।’

    १२ सय घरधुरीमा लाइन विस्तार
    गत आर्थिक बर्ष २०७५/०७६ मा अजिरकोट र वारपाक सुलिकोट गाउँपालिका लगायतमा गरी झण्डै १२ सय घरधुरीमा नयाँ लाइन विस्तार भएको छ ।

    अजिरकोटको भच्चेकमा २ सय, सिमजुङमा ३ सय र हंशपुरका ४ सय घरधुरीमा केन्द्रिय लाइन पुगेको प्राधिकरणले जनाएको छ । त्यस्तै वारपाक सुलिकोटको सौरपानी क्षेत्रका ३ सय घरमा पनि यसै बर्ष लाइन विस्तार भएको हो ।

    त्यस्तै साविकका स्वाँरा, खरिबोट, घ्याच्चोक र वालुवा हुदै वारपाकसम्म समेत विद्युतिकरणको काम अघि बढेको प्रमुख न्यौपानेले बताए । हाल सो स्थानहरुको काममा बर्षातका कारण बाटो जिर्ण बन्दा केहि समस्या भएको बताइएको छ ।

    ४ हजार नयाँ ग्रहाक थपिए
    जिल्लामा यस बर्ष ४ हजार ७ जना नयाँ ग्रहाक थपिएका छन् । भूकम्पपछि बनेका नयाँ घर, नयाँ लाइन विस्तारका स्थान लगायत गरी सो संख्यामा सेवाग्राही थपिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    यससंगै गोरखामा ४१ हजार ७१ घरधुरीमा केन्द्रिय लाइन पुगेको देखिन्छ । तर लाइन विस्तार भएका केहि स्थानका सेवाग्राहीले भने मिटर लैजानै बाँकी रहेकाले तत्काल संख्यामा बढ्न सक्ने प्राधिकरण गोरखाका प्रमुख न्यौपानेले बताए ।

    प्राधिकरणको तथयांकलाई आधार मान्दा ७८ दशमलव ३ प्रतिशत जनसंख्या केन्द्रिय विद्युतिकरणको पहुँचमा पुगेको देखिन्छ । त्यस्तै गत आर्थिक बर्षमा प्राधिकरण गोरखा शाखाले ९ सय ३५ ग्रहाकलाई निशुल्क मिटर वितरण गरेको जनाएको छ ।

    अति विपन्न, गरिव वर्गलाई वडाको सिफारिसका आधारमा निशुल्क मिटरको ब्यवस्था गरिएको कार्यालयले जनाएको छ । शुल्क तिर्नुपर्दा एउटा मिटरको झण्डै २ हजार ५ सय रुपैया तिर्नुपर्ने हुन्छ । त्यस्तै गत बर्ष जिल्लाका बिभिन्न स्थानमा गरी ५५ वटा ट्रान्सर्फमर थपिएका छन् ।

    भोल्टेज कम भएको, ग्राहकको माग बढेको, नयाँ लाइन विस्तार भएको लगायतका स्थानमा गरी ५५ स्थानमा नयाँ ट्रान्सर्फमर हालिएको प्रमुख न्यौपानेले बताए ।

    काठेपोल मुक्त बनाइने
    यस आर्थिक बर्ष २०७६/०७७ मा जिल्लालाई काठेपोल मुक्त बनाइने भएको हो ।

    हाल बाँकी रहेका झण्डै ७ हजार काठेपोललाई विस्थापित गरी फलामे पोल राख्न प्रकृया अघि बढाइएको कार्यालयले जनाएको छ ।

    यस बर्ष विद्युत लाईन सुदृढीकरणमा लाग्ने योजना बनाएको कार्यालयले पूरा संरचनामा बनेका स्थान समेत परिवर्तन गर्ने, काठे पोल विस्थापित गर्ने, कालो तार हाल्ने, विद्युतीकिरण नजिकै रहेका रुखका हाँगा काट्ने, चोरीलाई निरुत्साहित गर्ने लगायतका कार्ययोजना अघि सारेको बताएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.