गोरखा समाचारदाता
गाेरखा – गोरखा र धादिङका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा उनीहरुले मुआब्जा निर्धारण भएको क्षेत्रका वितरण प्रक्रियालाई तीव्र पार्न आग्रह गरेका थिए।
धादिङको खहरे बजार र गोरखाको आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारण हुन सकेको छैन ।
स्थानीय वासीको माग र सरकारले उपलब्ध गराउने मुआब्जाको विषयमा तालमेल हुन नसक्दा जिल्ला प्रशासन कार्यालयले मुआब्जा तोक्न सकेको छैन।



