×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

एक महिना पनि टिकेन सडक

  •  
  • सोमबार, साउन २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हरिराम उप्रेती

    श्रावण २०, २०७६ गोरखा — कालोपत्रे गरिएको एक महिना नबित्दै लुइँटेल–आँपपीपल–हर्मी भन्ज्याङ–थालाजुङ–भच्चेक सडक ठाउँठाउँ धसिएको छ । विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्घ छ ।

    ६० करोडभन्दा बढी खर्चिएर बनाइएको सडक फितलो अनुगमन र ठेकेदार कम्पनीले गुणस्तरीय काम नगर्दा महिना दिन पनि नटिकेको भन्दै स्थानीय आक्रोशित छन् ।
    हर्मीभन्ज्याङदेखि चित्रेपोखरीसम्म दर्जनभन्दा बढी पहिरो खसेको हर्मीका टेकबहादुर नेपालीले बताए । ‘असारको ८–१० मा कालोपत्रे सकिएको हो,’ उनले भने, ‘तर एक महिना पनि टिकेन । हामीलाई ८/१० वर्ष खप्ने सडक चाहिएको हो, एउटा बर्खा पनि नटिक्ने बनेछ ।’ चाँडो सक्ने बहानामा अलि–अलि गिट्टी हाली अलकत्राले कालो पोतेर छाडिएकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।

    पहिरोले आँपपीपल–चित्रेपोखरी खण्डका विभिन्न ठाउँमा नालीसमेत पुरिएको सिरानचोक गाउँपालिका–३ का मिठे दमैले बताए । ‘पानी नालीबाट बग्दैन, सडकबाट बगेपछि भत्कने नै भयो,’ उनले भने । राम्चेडाँडा, हर्मीभन्ज्याङनजिकै ठाउँठाउँमा सडक दबिएर कतै माटो देखिएको छ भने कतै चिरिएको छ ।

    लुइँटेल भन्ज्याङदेखि अजिरकोट गाउँपालिकाको नयाँगाउँसम्मको करिब ३१ किलोमिटर सडक भूकम्पीय आपतकालीन सहायता परियोजनाअन्तर्गत कालोपत्रे भएको हो । एसियाली विकास बैंकको आर्थिक सहयोग तथा स्विस सरकारको प्राविधिक सहयोगमा बनेको सडकको काम २०१६ को १२ डिसेम्बरबाट सुरु भएको थियो ।

    सडकलाई दुई खण्डमा ठेक्का लगाएर काम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । लुइँटेल–चित्रेपोखरी खण्डको १८.५ किमि निर्माणको जिम्मा लामा अमर जेभीले पाएको थियो । ३५ करोड २१ लाख लागतमा सडक कालोपत्रे भएको हो । चित्रेपोखरीबाट नयाँगाउँसम्मको १२.९७ किमि खण्डको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको थियो ।

    कालोपत्रेका लागि २५ करोड ४२ लाख खर्च भएको एकाइले जनाएको छ । ३.७५ मिटर चौडाइको सडक र दुई सेन्टिमिटर कालोपत्रे गर्ने भनिए पनि मापदण्डअनुसार नभएको स्थानीयको आरोप छ । माटोमाथि गिट्टी बिछ्याएर कालोपत्रे गरिएको स्थानीय ईश्वर लम्सालले बताए । ‘बस्ती भएको ठाउँमा ठिकै छ, बस्ती नभएको ठाउँमा कालोपत्रे उप्काएर हेरे माटो भेटिन्छ,’ उनले भने ।

    सडक २ वर्ष पनि नटिक्ने पालुङटार–४ का सुन्दर विश्वकर्माले बताए । ‘अहिले साना गाडीमात्र चलेका छन्, ट्रक आए सबै धसिन्छ,’ उनले भने, ‘हामी प्राविधिक नभए पनि आँखाले सडकको दुरवस्था हेर्दा दुई वर्ष टिक्छ भनेर पत्याउन सक्दैनौं ।’

    पहिरो खसेर अवरुद्घ सडक सफा गर्ने तयारीमा जुटेको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले बताए । ‘प्राविधिक टोली पठाएर स्थलगत निरीक्षण गरिसक्यौं,’ उनले भने, ‘पहिरो धेरै ठाउँमा छ ।’ वर्षा कम भएपछि काम थाल्ने तयारीमा रहेको उनको भनाइ छ । ‘धेरै ठाउँमा टेवापर्खाल राखेर पहिरो रोकथाम गर्नुपर्नेछ,’ उनले भने, ‘हर्मीभन्ज्याङ चित्रेपोखरी खण्डमा एलाइन्मेन्ट चेन्ज गर्नुपर्‍यो, कटिङ सकिनेबित्तिकै काम थाल्यौँ, पर्खने समय नभएकाले केही समस्या आएको छ ।
    ’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.