×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

साउदी महिला अब एक्लै विदेश जान पाउने 

  •  
  • शनिबार, साउन १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रियाद — साउदी अरबका महिलाहरू अब पुरूष अभिभावकबिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । शुक्रबार जारी गरिएको शाही आदेशनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमतिबिना नै राहदानीका लागि आवेदन दिन पाउने भएका छन् ।

    शाही आदेशपछि साउदी महिलाले जन्म, विवाह र सम्बन्धविच्छेदसमेत स्वतन्त्र रूपमा दर्ता गर्न पाउने जनाइएको छ ।राहदानी लिन आवेदन दिन पाउने तथा अभिभावकबिना विदेश घुम्न सक्ने व्यवस्थाको घोषणासँगै साउदी अरबले महिलालाई पुरुषसरहको अधिकारी सुनिश्चित गरिएको बताएको छ ।

    यसअघि साउदी अरबका महिलाहरूले राहदानी लिन, विदेश भ्रमण गर्न तथा जन्म, विवाह र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्ता गर्न पति, पिता वा पुरुष नातेदारको अनुमति आवश्यक पर्थ्यो ।शुक्रबारको शाही घोषणामा रोजगारीसम्बन्धी नियममा समेत परिवर्तन गरिएको उल्लेख छ । पछिल्लो घोषणामा उमेर, लिंग, अशक्तताका आधारमा भेदभावनगरी कामको अधिकारसमेत सुनिश्चित गरिएको अधिकारीहरूले जनाएका छन् ।
    पछिल्लो घोषणाको साउदी महिला तथा अधिकारकर्मीले स्वागत गरेका छन् । सामाजिक सञ्जाल टीटरमा उनीहरूले शाही घोषणाले आगामी पुस्ता विभेदको छातामुनि बस्नु नपर्ने प्रतिक्रिया जनाएका छन् ।
    पछिल्ला वर्षहरूमा साउदी महिलाहरूले लैंगिक उत्पीडन हुने गरेको दाबी गर्दै पश्चिमा देशमा शरण लिने क्रम बढेसँगै सरकार समाज सुधारका पक्षमा देखिएको छ ।
    गत वर्षको जनवरीमा १८ वर्षीय रहफ मोहम्मद अल–कुनुन साउदीबाट भागेर अस्ट्रेलिया जाने प्रयास गरेको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । थाइल्यान्डस्थित विमानस्थलको एक होटलबाट समाजिक सञ्जाल टीटरबाटै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेकी थिइन् ।
    इस्लाम धर्म परित्याग गरेको घोषणा गरेकी कुनुनले साउदी फर्किए आफ्नो ज्यान जोखिममा पर्ने बताएपछि क्यानडाले शरण दिएको थियो । त्यसैगरी, गत मार्चमा हङकङमा लुकेर मानवीय सहयोगको अपिल गरेका दुई साउदी दिदीबहिनीलाई पनि तस्रो मुलकमा पुनःस्थापित गरिएको थियो ।
    साउदी युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा रहेका महिला लक्षित प्रतिबन्धलाई फुकुवा गर्दै गएका छन् । यद्यपि धार्मिक गुरु तथा कट्टरपन्थीहरूले सलमानको समाज सुधार योजनाको कडा विरोध गर्दै आएका छन् ।
    यसअघि महिलालाई सवारीसाधन चलाउने अनुमतिपत्र प्रदान गर्नका लागि उनले विद्यमान नियम खुकुलो पारेका थिए । त्यसैगरी उनको समाज सुधार योजनाअन्तर्गत महिलालाई रंगशालामा फुटबल हेर्न गत वर्ष अनुमति दिइएको थियो ।
    सलमानले सन् २०१६ मा मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने घोषणा गरेका थिए । त्यसयता साउदीमा महिला रोजगारी दर बढेको छ । सलमानले हाल २२ प्रतिशत रहेको महिलाको रोजगारी २०३० सम्ममा ३० प्रतिशत पुर्‍याउने बताइसकेका छन् ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.