- यूनाईटड पालुङटार प्रथम
गोरखा समाचारदाता
साउन १७ गते । गोरखा सदरमुकाममा निजि विद्यालयहरुको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार आयोजित प्रतियोगितामा पालुङटारको यूनाईटेड बोर्डिङ्ग स्कुल प्रथम भएको छ ।
प्याब्सनको बार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मोर्डन ईग्लिस बोर्डिङ स्कुल हरमटारी दोस्रो भएको छ भने बालज्योति ईग्लिस बोर्डिङ स्कुल पालुङटार तेस्रो भएको प्याब्सनका जिल्ला सचिव कमल थापाले बताए । ‘बार्षिक क्यालेण्डर अनुसार जिल्ला भित्र १० माविलाई समावेश गरेर प्रतियोगिता गरेका हौ । विजेता टिमलाई नगद र प्रमाण पत्र प्रदान गरीएको’ सचिव थापाले बताए ।
सिताराम तिवारीको अध्यक्षता तथा नगर शिक्षा प्रतिनिधी विश्वनाथ वाग्लेको प्रमुख आतिथ्यतामा भएको उत्त प्रतिायोगितामा बिजेता प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश.३ हजार, २ हजार १ सय र १ हजार ५ सय नगर प्रमाण पत्र प्रदान गरीएको थियो ।
जिल्ला भित्रका ओल्ड क्यापिट मावि रानीबन, मनकामना बोर्डिङ स्कुल सतिपिपल, जेनियस बोर्डिङ स्कुल नयाँ बजार, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार, ब्राईट फ्यूचर एकेडेमी चोरकाटे, नेप्लीज एडभान्स ईग्लिस बोर्डिङ स्कुल आरुघाट र बुंकोट न्यू होराईजन बोर्डिङ्ग स्कुल गरी १० माविहरुले सहभागिता जनाएको प्याब्सन गोरखाले जनाएको छ ।
तस्विर सौजन्य सिताराम तिवारी



